२० वर्षदेखि फरार व्यक्ति पक्राउ l

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलवार १५:४२
आश्विन २४, २०७४-प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार अभियोगीलाई २० वर्ष पछि पक्राउ गरेको छ । प्रहरीले त्रिवेणी नलगाड नगरपालिका ९ का ३७ वर्षीय वीरवाने कामीलाई सोमबार घरबाटै पक्राउ गरेको हो ।

कामी २०५५ वैशाखमा सोही नगरपालिका-८ का करवीरे कामीको हत्या आरोपमा फरार रहेका थिए । करवीरेको हत्यालगत्तै वीरवाने भारत पुगेर लुकीछिपी बसेको प्रहरी निरीक्षक मधु न्यौपानेले बताए । उनी घटनाको २० वर्ष नाघेपछि केही नहुने भन्दै घर फर्केको बखत पक्राउ परेको निरीक्षक न्यौपानेले बताए । हत्यामा संग्लग्न रहेका धने कामी अझै फरार रहेको उनले बताए ।

बलभद्रे कामीको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त कर्तब्य ज्यान मु्द्दामा बीरवानेलाई पक्राउ गरेको उनले बताए । स्थानीय एक महिलासँग अवैध सम्बन्ध रोखेको आरोपमा करवीरेको हत्या भएको निरीक्षक न्यौपानेले बताए । पक्राउ परेका कामीको जाजरकोट अदालतमा म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढेको उनले बताए ।

via   kantipur.ekantipur.com

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित