आरसी सापकोटा र देवी घर्तिको स्वरमा झिम्काईदेउ मायाले परेली सार्वजानिक

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार ०५:४३

मोडल दुर्गेश थापा र अञ्जली अधिकारी अभिनित विल्कुलै नयाँ तिज भाका झिम्काईदेउ मायाले परेली सार्वजानिक गरिएको छ । लाउदै छरे मेलाको अपार सफलतापछि आरसी सापकोटा र देवी घर्तिको स्वरमा सुसज्जित तिज गित झिम्काईदेउ मायाले परेली को लय शब्द शिव हमालले तयार पारेका हुन । तिजको मर्म लाई बचाउदै गायक सापकोटा ले यो गितलाई पुर्णत मौलिक बनाएका छन । विदेशी भुमीमा रहेर पनि नेपाली गितसंगितलाई माया गर्ने सर्जक एंव गायक सापकोटाले लक्जमवर्गबाटै आफ्नो अडियो रेकर्ड गरेर पठाएका हु्न । भिडियो तथा अडियो दुवैलाई यतिबेला आम दर्शक स्रोताल रुचाएका छन । गाउँघरतिर हुने तिज विषेश कार्यक्रममा यो गित घन्किन थालिसकेको छ । झिम्काईदेउ मायाले परेली भिडियोमा प्रविन भट्टको सम्पादन,मौषम हिमालीको निर्देशन रहेको छ भने करण चैसिरको छायाँकन छ । भिडियोलाई महालक्ष्मी म्यजिक प्रालिले बजार व्यवस्थापन गरको हो । हेर्नुहोस भिडियो:

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित