यस्तो बन्यो शम्भु मोक्तान निर्देशित नया भिडियो, अभिनय संगै यसपटक देखाए डान्सको कमाल

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार ०५:४०

एन.आर.एन पोस्ट डटकम :
मोडल तथा म्युजिक भिडियो निर्देशक शम्भु मोक्तान तामाङले केहि दिन अगाडी मात्र मलेसियामा आफ्नो नया म्युजिक भिडियोको छायांकनको काम पुरा गरेका छन् | रोमान्टिक र सेन्टिमेन्टल जनराको गीतको म्युजिक भिडियोमा धेरै काम गरिसकेका उनले यसपटक भने डान्स जनरालाई रोजेका छन् | यो उनको लागि पनि नया अनुभव नै हो | तर उनले आफुले नया अनुभव नै भए पनि सक्दो राम्रो गर्ने प्रयास गरेको बताएका छन् | दर्शकहरुले आफ्नो कोशिशलाई मनपराईदिनु हुने विश्वास उनले ब्यक्त गरेका छन् |

उनको अभिनय र प्रमुख निर्देशन रहेको यस म्युजिक भिडियोमा कोष बोम्जनको छायांकन र राज तामाङ नृत्य निर्देशन रहेको छ | भिडियोमा शम्भु मोक्तान तामाङ, सुशिला थिङ तामाङ, राज तामाङ, सुर्य खड्का, अबिनास लामा र कृष्ण ब्लोनच्याङ्ग्बाको अभिनय रहेको छ | भिडियोमा कैद दृश्यले पनि भिडियो केहि रंगिन बनाएको छ | यस गीतमा बिशाल थिङको शब्द, संगीत र स्वर रहेको छ | यस्तै गीतमा चाद सिंहको अरेन्ज रहेको छ | गीत निकै राम्रो तरिकाले तयार गरिएको छ |


आफुले यसरी नया जनरामा प्रवेश गर्दा केहि फरक अनुभव भने आफुलाई भएको मोडल तथा म्युजिक भिडियो निर्देशक शम्भु मोक्तान तामाङले बताएका छन् | पछिल्लो समय उनको व्यस्तता निकै बढेर आएको छ | उनको कामको सहि ढंगले दर्शकहरुबाट मुल्यांकन पनि भईरहेको छ | दर्शकहरुको माया र हौसलाको कारण नै आफुले नया नया काम निरन्तर गर्न सकिरहेको उनले बताए | निकै कम समयमा उनले धेरै सफलता हासिल पारिसकेका छन् | अभिनयमा उत्तिकै अब्बल रहेका उनले निर्देशनमा पनि आफुलाई उत्कृष्ट हिसाबले अगाडी उभ्याएका छन् | उनको नया म्युजिक भिडियोको छायांकनको केहि तस्बिरहरु यति बेला सार्वजनिक भएको छ |

सार्वजनिक तस्बिरले नै भिडियो केहि नया तरिकाले बनेको संकेत दिन्छ | मलेसियाको रमणीय दृश्यहरुलाई भिडियोमा कैद गरिरहँदा गीतको तालमा शम्भु लगायत अरु कलाकारले राम्रो प्रस्तुति दिएको भिडियोको तस्बिरले बताउछ | आगामी दिन आफ्नो थुप्रै काम हुने तयारीमा रहेको र दर्शकहरुको रोजाईलाई मध्य नजर गरेर मात्रै आफुले काम गरिरहेको उनको भनाई रहेको छ | यति बेला उनि नेपाली म्युजिक भिडियो क्षेत्रमा चम्किदो नक्षत्रको रुपमा देखिएका छन्

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित