यसरी सकियो “फक्रेको फुल झैँ जवानी” को छायांकन, पवन र जीतेन मध्य सुस्मा कसको ?

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार ०६:१५

एन.आर.एन पोस्ट डटकम :
केहि समय अगाडी मात्र अडियो रिलिज गरिएको “फक्रेको फुल झैँ जवानी” बोलको गीतको म्युजिक भिडियोको छायांकन सकिएको छ | करण वाईबाको शब्द, युनिक दोङ्गको संगीत र संजय तामाङको स्वर समावेश रहेको यस गीतको म्युजिक भिडियोको छायांकन नेपालमा गरिएको छ | विश्वास भण्डारीको छायांकन रहेको यस गीतको म्युजिक भिडियोमा प्रदिप योन्जनको निर्देशन रहेको छ | अहिले म्युजिक भिडियो धमाधम सम्पादन कार्य भईरहेको छ |

यस म्युजिक भिडियोमा पवन थिङ संगै सुस्मा मोक्तान र जीतेन तामाङको अभिनय रहेको छ | रोमान्टिक र डान्स भर्सनको यस गीतको म्युजिक भिडियो पनि रोमान्चक नै बनेको सार्वजनिक छायांकनको तस्बिरले बताएको छ | अबको केहि समयमा नै यो म्युजिक भिडियो रिलिज गरिने जानकारी निर्माण पक्षले दिएको छ | गीतको अडियो भने केहि समय अगाडी नै रिलिज भईसकेको छ | गीतको अडियोले यति बेला राम्रो मार्केट लिइरहेको छ भने यहि हिसाबमा म्युजिक भिडियो दमदार बन्नेमा कुनै शंका नरहेको मोडल पवन थिङले बताएका छन् |

मोडल पवन थिङ नेपाल आएको धेरै समय भएको छैन | तर उनले नेपाल आएको केहि दिनमा नै यस नया म्युजिक भिडियोको छायांकन सके | हुन त उनि लामो समय देखि मलेसियामा नै बसेर यो क्षेत्रमा मेहेनत गरिरहेका थिए | तर अहिले भने उनि नेपालमा नै अब संगर्ष गर्ने सोचका साथ नेपाल आएका छन् | मलेसियामा हुँदा उनले गरेको धेरै म्युजिक भिडियोले सफलता हासिल गरिसकेको छ | आफुलाई मलेसियामा भन्दा नेपालमा काम गर्न अहिलेको समय धेरै सहज लागेको उनको भनाई रहेको छ |

यो नया म्युजिक भिडियोबाट दर्शकहरु अवश्य पनि खुशी हुनु हुने विश्वास समेत उनले ब्यक्त गरेका छन् | यस्तै उनले अब नेपालमा नै बसेर म्युजिक भिडियो क्षेत्रमा निरन्तर सक्रिय भएर लागिपर्ने समेत बताएका छन् | आफ्नो धेरै प्रोजेक्ट अब सुरु हुने क्रममा रहेको र अब दर्शकहरुले आफ्नो एक पछि अर्को म्युजिक भिडियो हेर्न पाउनुहुने समेत उनले बताएका छन् | अब उनको नेपालबाट संगर्षले कस्तो परिणाम लिएर आउने हो त्यो हेर्न भने बाँकी नै छ |

हेर्नुस गीतको अडियो :

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित