सोनी टीभीबाट कपिल शर्माको नयाँ शो आउँदै

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ११:२१

एजेन्सी । बलिउड कमेडियन कपिल शर्मा नयाँ शो लिएर दर्शक माझ फेरी पनि आउँने भएका छन् । उनी यहि अक्टोबरदेखि टीभिमा आफ्नो नयाँ शो लिएर आउने तयारीमा रहेका छन् । विवादस्पद अभिब्यक्तिको कारण लामो समयदेखि विवादमा तानिएका कपिल शर्मा यतिबेला आफ्नो स्वास्थ्यको लागि र नयाँ शो को निर्माणको लागि ब्यस्त रहेका छन् ।

उनको शोको पर्खाईमा रहनेका लागि खुशीको खवर उनले दिएका छन् । सोनी टीभीबाट कपिलको शो हेर्न सकिने छ । एउटा कमेडी शो गरेको १ करोड लिने कपिललाई अब दुई महिनापछि पुनः टीभीको पर्दामा देख्न पाइने भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित