कंचनपुरमा घटेको निन्दनिय घटनाप्रति दु:ख ब्यक्त गर्दै ‘देउडा नृत्य’स्थगित

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १० भाद्र २०७५, आईतवार ०३:३५

जापानमा आयोजित नेपाल फेस्टिवलमा आज प्रस्तुत गरिने भनिएको सुदुरपश्चिमको संस्कृति झल्किने ‘देउडा नृत्य’स्थगित गरिएको छ ।

सुदुरपश्चिम अहिले अशान्त र शोकमा डुबेको भन्दै उक्त देउडा नृत्य स्थगित गरिएको सुदुरपश्चिमेली समाज जापानले जनाएको छ ।

सुदुरपश्चिमको कंचनपुर जिल्लामा केही दिन अघि १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरिए पछि सुदुरपश्चिम अहिले आन्दोलित छ ।उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सर्बसाधारण माथि प्रहरीले गोली चलाउदा एक जना किशोर सन्नी खुनाको मृत्यु हुनुका साथै कैयौ अङ्ग भङ्ग भएका छन ।

सुदुरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष एकेन्द्र थापाले कंचनपुरमा घटेको उक्त निन्दनिय घटनाप्रति दु:ख ब्यक्त गर्दै तत्काल समाजले कुनै पनि सांगितिक कार्यक्रमहरु नगर्ने जानकारी गराएका छन ।उक्त घटनाको निष्पक्ष छानबिनका लागि अहिले देशभर बिरोध प्रदर्शन भईरहेका छन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित