रथयात्रा तयारी पूरा

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १०:२६

विराटनगर, १७ भदौ – विराटनगरमा निकालिने भगवान् श्रीकृष्णको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

विराटनगर राधाकृष्ण मन्दिरबाट सोमबार निकालिने रथयात्रा सञ्चालनका लागि मुख्यमार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ । त्यस्तै १९ उपसमिति बनाइएको मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिनुभयो । आकर्षक सो रथ प्यागोडा शैलीको बनाइएको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लठ्ठा तान्ने डोरी लगाइएको छ भने रथयात्राको क्रममा हेलिकप्टरबाट पुष्प वृष्टि गराउने व्यवस्था मिलाइएको छ ।

रथयात्राको शोभा बढाउन नेपाल भारतका हजारांै दर्शक सहभागी हुने भएकोले सो दिन प्रदेश सरकारले सुनसरी र मोरङ जिल्लामा बिदा दिने निर्णय गरेको छ । रथ निकालिने मार्गमा विराटनगर महानगरपालिकाले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरेको प्रमुखका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिनुभयो । रथयात्राको क्रममा बजारमा हुने भीडलाई स्थानीयवासीले स्वस्फूर्त रुपमा चिसो पानी खुवाउने प्रचलन पनि छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित