१५ मिटर कपडा पनि कम पर्यो बसन्तपुरमा ठकुरी सहयोग सन्जाललाई नारीको अस्मिता बचाउन

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १५:४९

काठमाडाैं ।

ठकुरी सहयोग सन्जालले आज बसन्तपुरमा बलात्कारको बिरुद्ध हस्ताक्षर संकलन कार्यक्रम गरेको छ। उक्त कार्यक्रमलाई सहयोग तथा सहमति जनाउन युवाहरुको भीड लागेको थियो । वर्षातको मौसम, पानी परिरहेको बेला पनि युवा , बृद्ध ,महिला, बुद्धिजिबि बर्ग सबैले कार्यक्रमको सफलताको कामना गर्दै हस्ताक्षर गरेका थिए ।

उपाध्यक्ष ई.अभिषेक ठकुरीको नेतृत्वमा रहेको सन्जालको अभियन्ताहरुको समूह ले आजको कर्यक्रम सफल पारेको छन । सन्जालका अभियन्ता :
सुशिल हमाल ,अजय मल्ल ,शृजना शाह , ई .प्रविन सिंह , डा. रजेस्वरी राज्यलक्ष्मि सिंह ,रुपा शाह ठकुरी ,मुनम मल्ल ,रबिना शाह ठकुरीलाई धन्यवाद दिदै शान्ति पुर्ण ढगले बलात्कार ,घरेलु तथा यौन हिंसा को बिरुद्ध जनचेतना फैलाउने उदेश्य रहेको बताए ।

सन्जालका उपस्थित अभियन्ताहरु ले सहभागी अन्य ब्यक्तिको सहयोग र उत्शाह दखेर निकै खुसी भयेको र अन्य सामाजिक सन्स्था, समाजसेबी ,बुद्धिजीवीहरुलाई हातेमालो गर्न अनुरोध गरेका छन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित