पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनिया टोलि नेपालमा

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०८:०२

नेपाल / नेपाल र चिन बीच पर्यटक आदानप्रदान गर्ने लक्षका साथ तिन सदस्यीय चिनिया टोलि नेपाल आइपुगेको छ, चिनिया दक्षिणी प्रान्तका पर्यटन व्यवसायीका अध्यक्ष लि बाओहुवा को नेतृत्वमा टोलि नेपाल आइपुगेको हो ।

५ गते काठमाडौं आइपुगेको टोलीलाइ हिजो प्रदेश न. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रि कुलप्रसाद के.सी सोनामले बुटवल स्थित आफ्नै कार्यकक्षमा स्वागत गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनि लगाएत ५ न. प्रदेशका पर्यटकीय स्थलको पर्यटन सम्भाव्यता अध्ययन भ्रमणका निम्ति आउनुभएकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । हिजै लुम्बिनीको भ्रमण सकाएर टोलि आज बर्दिया आइपुगेको छ । बर्दियाको बासगढ़ी नगरपालिकामा टोलिको स्वागत गरिएको छ ।

चिनिया टोलीले ३ दिन बर्दियामा रही बर्दिया रास्ट्रिय निकुन्ज, कृष्णसार संरक्षण क्षेत्र, बढैयाताल, कर्णाली क्षेत्र, ठाकुरद्वारा लगायतका पर्यटकीय क्षेत्रहरुमा अध्ययन भ्रमण गर्ने प्रदेश न. ५ माननीय संसद तिलक शर्मा हिमालले बताउनुभएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित