नेपाली फिल्म जगतको लागि ठुलो उपलब्धि, विश्व प्रसिद्ध Sky Cinema द्वारा बेलायतमा “ब्लाइन्ड रक्स” प्रदर्शन गरिदै

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २७ कार्तिक २०७५, मंगलवार १८:५९

एन.आर.एन पोस्ट डटकम :
मिलन चाम्सको निर्देशन र निकेश लिम्बुको निर्माणमा दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित रहेर बनेको चलचित्र “ब्लाइन्ड रक्स” बेलायत स्थित ‘फोर्सेस सिनेमाज’ (Forces Cinemas) ले विश्व प्रसिद्ध ‘स्काई सिनेमा’ (Sky Cinema) को सहकार्यमा प्रदर्शन गर्नेभएको छ | यो चलचित्र बिदेशका बिभिन्न शहरमा अहिले सम्म पनि प्रदर्शन भईरहेको छ |

बेलायत स्थित “Forces Cinemas” ले “Sky Cinema” जस्तो प्रतिष्ठित कम्पनी सँग मिलेर चलचित्र “ब्लाइन्ड रक्स” प्रदर्शन गर्न छनौट गरेकोमा आफुलाई धेरै खुशी लागेको यसका निर्माता निकेश लिम्बुले बताएका छन् | यस्तै उनले यो अवसर चलचित्र “ब्लाइन्ड रक्स” को लागि मात्र नभएर सम्पूर्ण नेपाली सिने जगतको लागि पनि ठुलो उपलब्धि रहेको समेत बताएका छन् |

“Forces Cinemas” ले बेलायत सेनामा कार्यरत सैनिक र उनीहरुको परिवारलाई सिनेमा देखाउदै आएको छ | हलिउड चलचित्रहरु प्रदर्शन गर्दै आएको यस् कम्पनीले नेपाली चलचित्र “ब्लाइन्ड रक्स” यही नोवेम्बर १५ र १६ बेलायतको क्याटरिक मा ४ शो गर्ने भएको छ | रिचार्ड गुरुङ र दीपेन्द्र लिम्बुको संयोजकतामा ब्रुनाईमा नोवेम्बर १६ र १८ र राजु लिम्बु र रमेश लिम्बुको संयोजकतामा बेलायतको स्विन्डनमा नोवेम्बर २३ मा चलचित्र “ब्लाइन्ड रक्स” को शो हुने भएको हो |

ब्यापारिक हिसाबले नेपालमा अत्याधिक सफल हुन नसके पनि दर्शकहरुको मन भने यस चलचित्रले जितेको नै हो | नेपालमा रिलिज भएको यत्तिको लामो समय बितिसक्दा पनि अहिले नेपाल बाहिर विभिन्न देशमा यस चलचित्रको प्रदर्शन भईरहेको र भने साथमा प्रशंसा समेत बटुलिरहेको छ | मिलन चाम्सको निर्देशनमा तयार भएको यस चलचित्रमा बेनिषा हमाल, गौरी मल्ल, रितेश चाम्स, अर्पण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ |

हेर्नुस ट्रेलर :

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित