सुचारु भयो राजधानीमा ‘मार्ट गुरु’, ग्राहकले पाउनेछन् सबै सामान यति सस्तो मुल्यमा (भिडियो सहित)

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ०७:२८

एन.आर.एन पोस्ट डटकम :
सबै सामान एकै ठाउँमा पाइने हिसाबले काठमाडौँ लगायत अहिले देशका विभिन्न मुख्य शहरहरुमा मार्ट संचालनमा ल्याईएको छ भने अझ बिशेष राजधानी भित्र मार्ट संचालनमा आउने क्रम जारी छ | यहि बीच गोंगबु बसपार्क देखि भित्र पट्टि रहेको मैपी भन्ने ठाउँमा यस्तै एक मार्ट संचालनमा आएको छ | उक्त मार्टको नाम “मार्ट गुरु” राखिएको छ |

यसका संचालक भने गुरुदत्त पौडेल रहेका छन् | आफुले सेवाग्राहीको सुविधालाई मध्य नजर गरेर नै यस मार्ट संचालनमा ल्याएको संचालक पौडेलको भनाई रहेको छ | आफ्नो मार्टमा गुणस्तर युक्त सामानहरु अरु मार्ट भन्दा सुलव र सस्तो मुल्यमा प्रदान गरिने समेत उनले बताएका छन् |


सेवाग्राहीको सन्तुष्टि नै आफ्नो खुशी रहेको भन्दै उनले सक्दो हरेक सेवाग्राहीलाई खुशी पार्ने कोशिश आफु र आफ्नो मार्टबाट हुने प्रतिबद्धता समेत जाहेर गरेका छन् | यस्तै उनले आफुले प्रतिस्पर्धाका लागि भन्दा पनि सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गर्नको लागि यस मार्टको सुरुवात गरेको उनले प्रष्ट बताएका छन् |

यस मार्टमा दैनिक जीवनमा उपयोग हुने सबै खाले सामान उपलब्ध रहेको छ | यस्तै यस मार्टमा सबै सामान ताजा र आफै नै प्याकिङ गरिने र सेवाग्राहीलाई होम डेलिबरीको व्यवस्था समेत गरिएको मार्ट संचालक पौडेलले बताए |

हेर्नुस भिडियो :

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित