बेनिशा र बिरेन्द्र हमाल ठकुरी समुदायबाट सम्मानित

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार ००:०७

कामना फिल्म अवार्ड २०७५ मा सर्वोकृष्ठ नायिकाको अवार्ड बिजेता नायिका बेनिशा हमाल तथा रङमन्च तर्फको उत्कृष्ठ कृटिक्स अवार्ड बिजेता रंगकर्मी बिरेन्द्र हमाललाई ठकुरी सहयोग संजालले सम्मान प्रदान गरेको छ । ठकुरी सहयोग संजालको केन्द्रिय कार्यलय नक्सालमा शनीबार आयोजित एक कार्यक्रममा उहाँहरूलाइ सम्मान गरिएको हो ।
संयोगबस गुरु चेली एकै ठाउँ सम्मानित भएका छन । कुनै समय नायिका बेनिशाले निकै पाका रंगकर्मी बिरेन्द्र हमाल सग अभिनय सिकेकी थिइन । रंगकर्मी बिरेन्द्र हमालले नेपाली चलचित्र उधोगमा थुप्रै कलाकारलाई अभिनय सिकाएका छन ।
सम्मान पछि दुबै कलाकर्मीले ठकुरी समुदाय प्रती आफ्नो लगाव र माया प्रकट गरेका छन । नायिका हमालले सानै देखि आफू चितवनमा रहदा ठकुरी समुदाय सग नजिक रहदै समाजको कार्यक्रममा सहभागी भएको अनुभव बाडिन भने रंगकर्मी बिरेन्द्र हमालले आफु ठकुरी सहयोग संजालकै ठकुरी शैक्षिक परियोजनामा सदभावना दुतमा रहदा सम्मान पाएकोमा खुशी ब्यक्त गरे ।
दुबै कलाकर्मीलाई संजालका कार्यबाहक अध्यक्ष अजय मल्ल ठकुरीले ताम्रा-पत्र प्रदान प्रदान गर्दै सम्मान गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित