अमेरिकामा बसोबास गर्ने ठकुरीहरू एकीकृत हुदै, मे महिनामा हुनेछ भेला

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार ०२:११

ठकुरी सहयोग संजालले विस्वभरीका ठकुरीहरूलाई ठकुरीहरूको साझा सस्था संजालमा एकीकृत गर्ने उदेश्य अनुरुप अमेरिकामा बसोबास गर्ने ठकुरीहरूलाई समेटेर ठकुरी सहयोग संजाल संयुक्त राज्य अमेरिका गठन प्रकृया अघि बढाएको छ । भौगोलिक रूपमा विशाल अमेरिकामा छरिएर बसेका ठकुरीहरूलाई संजालमा आवद्ध गराउन संजालका केन्द्रिय अध्यक्ष रेशम जङ्ग शाह यतिबेला अमेरिकामा रहेकाछ्न ।

काठमाण्डौको नक्सालमा केन्द्रिय कार्यलय रहेको संजालले यसाघिनै संयुक्त अरब इमिरेट्स र कतारमा आफ्नो शाखा बिस्तार गरिसकेको छ । अमेरिका बिसाल देश भए पनि अहिलेको सुचना र प्रविधीको उपयोगले  अमेरिकामा ठकुरी सहयोग गठन गर्न केही सहज हुने आध्यक्ष शाहले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा अमेरिकामा हजार भन्दा बढी ठकुरीहरूको बसोबास रहेको छ । टेक्सासमा मात्र २२ घर  ठकुरी परिवारको पहिचान भैसकेको  र न्युयोर्कमा पनि राम्रै बस्ती रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ  । पहिले सामाजिक संजाल मार्फत  एकीकृत  गर्ने र आगामी मे महिनामा सबैलाई पायक पर्ने गरि टेक्सास अथवा न्युयोर्कमा ठकुरी भेला गरि ठकुरी सहयोग संजाल अमेरिकाको औपचरिक घोषणा गरिने छ । देशबाट टाढा रहे पनि समाजमा जातिय सदभाव कायम गर्दै अगामी पुस्ताहरूको लागि  ठकुरी भाषा सस्कृतीको समरक्षण गर्न र आपत  बिपतमा जातियता भन्दा माथी उठेर अन्य समुदायमा समेत सामाजिक कार्य गर्नको लागि अमेरिकामा  ठकुरी सहयोग संजाल अति आवश्यक रहेको अध्यक्ष शाहको बुझाइ छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित