ठकुरी सहयोग संजालद्वारा पृथ्वी जयन्तीको दिन र्‍यालीमा सहभागी हुन आव्हान

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार १३:२७

 

नेपालको एकीकरण गरि आधुनिक नेपालका निर्माता रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले २०७५ पुष २७ गते दिउसो ठिक १ बजे नेपालगन्जको विपी चोकबाट र्‍यालीको आयोजना गर्ने भएको छ ।

 

बिपि चोकबाट सुरु हुने र्‍याली धम्बोझी चोकमा गएर समापन हुने ठकुरी सहयोग संजालका प्रदेश नं ५ संयोग जंग शाहले बताउनुभयो ।

उक्त र्‍यालीमा सवै राजनितिक दल, नागरिक समाज, कानून व्यवसायी, पत्रकार, विद्यार्थी, उद्योगी व्यापारि लगायत सवैमा उपस्थितीका लागि ठकुरी सहयोग संजालका प्रदेश नं ५ संयोग जंग शाहले अपील समेत गर्नुभएको छ ।

 

आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक राष्ट्रपिता पृथ्वीनारायण शाह लाई नेपालमा मात्र नभई दक्षिण एसियासम्मनै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिकको नेतृत्वका रुपमा हेरिने गरिन्छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित