नेपालगन्जमा पृथ्वी जयन्तिको र्‍याली सम्पन्न , नेत्रहिनलाई खाना खुवाइयो

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २७ पुष २०७५, शुक्रबार १२:२०

नेपालगन्ज :
रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज नेपालगन्जमा ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाज नेपालले र्‍यालीको आयोजना गरेको छ ।

 

बिपि चोकबाट सुरु भएको र्‍याली धम्बोझी चोकमा गएर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा नेपालगन्जका राजनितिक दल, , कानून व्यवसायी, पत्रकार, विद्यार्थी, उद्योगी व्यापारि लगायत नागरिक समाजको उल्लेख्य सहभागीता रहेको थियो ।

 

र्‍याली पछि भएको कोणसभा लाई सम्बोधन गर्दै ठकुरी सहयोग संजाल प्रदेश ६ का प्रमुख देब बहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको बारेमा बताउनुभयो । साथै बाँके र बर्दिया लाई ठकुरी सहयोग संजाल को पहल मा कर्णाली प्रदेशमा समायोजन गर्नको लागि आव्हान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै आफ्नो मन्तव्य राख्दै ठकुरी सहयोग संजाल प्रदेश ५ का प्रमुख संयोग जंग शाहले नेपालको एकीकरण गरि आधुनिक नेपालका निर्माता राष्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर यो भब्य कार्यक्रम इतिहासिक नगरी नेपालगन्जमा मनाउन पाउँदा गर्वको महसुस गरेको बताउनुभयो ।

 

 

देशले अहिले पनि राष्ट्रपिता पृथ्वीनारायण शाहको अभाव महसुस गर्दै छ , देशमा सृजित भ्रस्टाचार , हत्याहिंसा अनि न्यायको खोजिले त्यो प्रमाणित गर्छ र राष्ट्रपिता पृथ्वीनारायण शाहले देखाएको बाटोमा देश चल्नुको बिकल्प नरहेको र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाइ सरकारले मान्यता दिएर सरकारिस्तर देखिनै भब्य रुपमा मनाउनु पर्ने र यदि सरकारले त्यसो नगरे ठकुरी सहयोग संजालले देशब्यापी आन्दोलन गर्ने समेत बताउनुभयो ।

 

साथै पृथ्वी जयन्तिको दिन ठकुरी सहयोग संजाल बाँके र ठकुरी पत्रकार समाज नेपालले सयुक्त रूपमा गरिए को थियो उक्त कार्यक्रम मा ५०० जना भन्दा बढी जनमानस को सहभागिता थियो र पृथ्वी जयन्तीको अवसरमा नेत्रहिनलाई भोजन समेत गराइएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित