मकवानपुरमा राधिका ठकुरीको संयोजकत्वमा ठकुरी सहयोग संजाल गठन

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १६ माघ २०७५, बुधबार १६:२८

हेटौंडा : जिल्लाको सम्पुर्ण ठकुरी समुदायलाइ ठकुरी सहयोग संजालमा एकत्रित गर्नको लागि हेटौंडामा बसेको एक भेलाले तेह्र सदस्यीय ठकुरी सहयोग संजाल गठन गरेको छ ।

 

नवगठित ठकुरी सहयोग संजालको संयोजकत्वमा राधिका ठकुरी चयन हुनुभएको छ भमे सदस्यहरुमा राजकुमार ठकुरी , मन्जु मल्ल , आस्था शाही ठकुरी , अनुशा ठकुरी , जीवन ठकुरी , शर्मिला ठकुरी , शौभाग्य ठकुरी , संयोग सेन ठकुरी , बिक्रम शाह ठकुरी ,सपना ठकुरी , राजन कुमार मल्ल र रुपेश शाह रहेका छन् ।

 

त्यस्तै आज बसेको भेलाले सुन्दर शाही ठकुरी , दिपेन्द्र चन्द ठकुरी र बालकुमार मल्ल ठकुरी लाई सल्लाहकारमा चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित