संगठित हुदै ठकुरी , बारा र रौतहटमा जिल्ला कार्यसमिति गठन

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार ०५:४७

पूर्वी तराई मधेसमा ठकुरी सहयोग संजालले आफ्नो जिल्ला कार्यसमिति बिस्तारको कार्यलाई अगाडी बढाउने योजना स्वरुप हिजो बारा र रौतहटमा जिल्ला कार्यसमिति गठन गरेको छ ।

ठकुरी सहयोग संजाल बाराको जिल्ला कार्यसमितिको अध्यक्षमा संगीता चन्द ठकुरी चयन भएकी छिन्।

हिजो बसेको भेलाले संगीता चन्द ठकुरीको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिती गठन गरेको हो ।

गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा शंकर शाह ठकुरी , सचिबमा रमेश उचै ठकुरी र कोषाध्यक्षमा आश्मा मल्ल हमाल चयन भएका थिए । जिल्ला कार्यसमितिको सदस्यमा श्याम राज ठकुरी , भगवती ठकुरी र लक्ष्मण हमाल चयन भएका छन् भने ५ जना सल्लाहकार समिती समेत चयन गरिएको जनाएको छ ।

त्यस्तै ठकुरी सहयोग संजाल रौतहटको जिल्ला कार्यसमितिको अध्यक्षमा पशुपति शाही सर्वसम्मत चयन भएका छन् । भमे जिल्ला कार्यसमितिको उपाध्यक्ष ,सचीव सह सचिब र कोषाध्यक्षमा क्रमश राम कुमार शाही , इश्वरी शाही लक्ष्मि शाही र सुमित्रा शाही चयन भएका छन् । भने सदस्यहरुमा ललित बहादुर शाही , साधुराम शाही , अर्जुन शाही , तिर्थ कुमारी शाही चयन भएका छन र ५ सदस्यीय सल्लाहकार समिति समेत मनोनीत गरिएको नब गठित कार्यसमितिका अध्यक्ष पशुपति शाहिले बताउनु भयो ।

साथै बारा जिल्ला अध्यक्ष संगीता चन्दले देशको प्रमुख राजनैतिक दल समेत पुर्वि तराइमा आफ्नो संगठन बिस्तार गर्न नसकिरहेको अवस्थामा ठकुरी सहयोग संजालको बारा जिल्लामा सगठन बिस्तार हुनु समग्र ठकुरीहरुको लागि गर्बको कुरा रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित