बिकासको नाममा राणा शासन लागुगरे मेयर राणाले

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १३:४७

संयोग जंग शाह
नेपालगन्जको इतिहास , नेपालगन्जको सान , नेपालगन्जको परिचय त्रिभुवन चोकमा हिजो राती (सोमबार) छापामारको सैलिमा नेपालगन्ज उपमहानगरपालिकाले डोजर लगाइ त्रिभुवन चोकको अवशेषहरु भत्काउने कोशिस गर्यो , जुन निन्दनीय छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणा , नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष उज्जवल सिंह राठौर र नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जुन कार्य गरे म त्यसको भर्सना गर्दछु ।
एतिहासिक धरोहरका चिजलाइ जोगाउनु पर्छ , त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, मर्मत सम्भार गर्नुपर्छ , इतिहास लाई जोगाए मात्र आउने पिढिले हाम्रो नेपाली इतिहासलाई जान्ने छन् , बुझ्नेछन ।

सोमबार राति त्रिभुवन चोकको संरचना एकाएक कुनै जानकारी नगराएर भत्काउँदै गर्दा भेला भएका सर्वसाधारणले नेपालगन्जका मेयर डा. धवल शमशेर राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य विरुद्ध चर्को नाराबाजी गरे त्यसबाट प्रस्टै हुन्छ कि जनताको चाहना के छ भन्ने ? देशले गणतन्त्र प्राप्त गरेपनि जनताको मनमा जनताको दिल र दिमागमा राजाप्रतिको सम्मान , इज्जत र आफ्नो इतिहास प्रती कति गम्भीर छन् भन्ने प्रमाणित गरेका छन।

 

जनताले आफ्नो धर्म र मर्म जाहेर गर्दागर्दै बलजफ्ती , धम्किपुर्ण र चोरडाकाको शैलीमा अश्लील शब्दको प्रयोग गर्ने जनप्रतिनिधि लाई हामी चेतावनी दिन्छौं । यो देश उनिहरुको पुर्खाको सम्पत्ति होइन जे मन लाग्यो त्यही गर्ने । यो देश पृथ्वीनारायण शाहको अथक मेहनत र हामी गोर्खालीको रगतले बनेको हो । त्यसैले कुनै जनप्रतिनिधिले हाम्रो इतिहास मेट्ने प्रयास हाम्रो निम्ति सह्य हुदैन । कदापि हुदैन ।

 

विभिन्न आरोप र तथ्य बिच पक्कै भिन्नता हुन्छ । तर आरोप पनि त्यो अवस्थामा लाग्दैनन जो त्यसको वरिपरि घुमेको हुदैन । उपमहानगरपालिका , उद्योग वाणिज्य संघको प्रती जनताले लगाएको आरोप मात्र आरोप होईन । उनिहरुले गरेको अनियमितता र भ्रस्टाचार जनतालाई गुमराह पार्ने मनसाय थियो । होईन भने सोमबार जनताको बिरोध पछि रातारात सुचना तयार गरि भोलि पल्ट किन टासियो ? र त्यहाँ फेरि अर्को बदमासी के गरेका छन् भने नेपालगन्ज उपमहानगरपालिका बोर्डको निर्णय अनुसार स्तम्भ निर्माण गर्न लागिएको भनेर सुचना टासिंएको छ तर हिजो (सोमबार) नगर प्रवक्ताले निर्णय भएको कुरा जानकारी नै नभएको भन्ने अभिव्यक्ति दिएका थिए ।

 

अब यस्तो अवस्थामा चालिएको कदमलाई हामिले के भन्ने ? मेयर , वडा अध्यक्ष र उद्योग वाणिज्य संघका अध्यक्षलाई भ्रष्टआचरण को उपमा दिन मिल्ने कि नाइ ? जनतालाई गुमराह पार्ने नियत भन्न मिल्ने कि नाइ ?
साच्चै भन्ने हो भने मेयर राणाको राजनीति धरातल सकिदै गएको छ । एकपछि अर्को इतिहासिक धरोहर लाई नस्ट गर्ने प्रयत्नमा अग्रसर हुनुमा उनको पक्कै केही स्वार्थ लुकेको छ । राजनिदाउपेच र हिसाबकिताब पक्कै छ । केही दिन अघि मात्र बागेश्वरी मन्दिरको जग्गा बेच्ने प्रस्ताव आउनु हिजो नेपालगन्जको इतिहास नगरबासी लाई बिना सुचना दिएर मास्न खोज्नु त्यसको प्रमाण हुन् ।

 

त्रिभुवन चोक भत्काउनमा नाम जोडिएका नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले मिडिया संग कुरा गर्दै त्रिभुवन चोकको स्तम्भमा डोजर लगाउने , भत्काउने र बाकी अरु सबै निर्णय उपमहानगरपालिका र मेयरले गरेको हो , मैले त सहजीकरण मात्र गरेको हो भनेका छन् । तसर्थ मेयर राणाले नेपालगन्ज नगरबासिलाइ यसको जवाफ दिनुपर्ने हुन्छ र यी हरकत र कार्यहरूको मेयर र वडाअध्यक्षले समय संगै राजनैतिक रूपमा मूल्य चुकाउनु पर्ने हुन्छ ।

 

बिकासको बिरोध म हुँदै होइन नत म ब्यक्तिगत तवरमा मेयर र वडा अध्यक्षको बिरोधि नै हु । तर उहाँहरुले गरेको हरकत , निर्णय र ब्यवहार निन्दनीय छ । बिरोध योग्यको छ । नेपालगन्ज नगरको बिरुद्धमा छ । जनताको इच्छा बिपरित छ । तसर्थ म र मेरो संगठन यो कार्यको निन्दा गर्छ । शाही युवा शक्ति नेपाल देशको हिन्दु धर्म र इतिहास बचाउन प्रयत्नशील हुँदै गर्दा यस्तो किसिमको घटनाले हामिलाइ ,हामी नेपाली जनताको मनमा ठेस पुर्याएको छ ।

 

मेयर राणा र उनको पार्टी राप्रपाले राजा र हिन्दु रास्ट्रको नाममा मात्र राजनीति गरेर आफ्नो दुनो सोझाउने काम गर्दै आएको छ । जुन हरेक नेपालीले बुझिसकेका छन् र अहिले नगरमा भएको त्रिभुवन राजाको इतिहास हटाउने काममा उनै राणा अग्रसर हुनुले त्यो पुष्ठि समेत भएको छ । तसर्थ हाम्रो इतिहास र स्व .श्री ५ महाराजधिराज त्रिभुवन शाहदेवको इतिहास रहेको चोकको अस्तित्व मेट्नु न्याय संगत कदापि छैन । राजपरिवारमा आस्था राख्ने पार्टीको मेयरले नेपालकै इतिहासमा धावा बोल्ने काम र जनताबिरोधी कार्य गरेकोले हामी चुपचाप बस्ने छैनौं । जय देश ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित