एक्स जेनेरेसनको ‘हिट द बिट’ पुल पार्टी अषाढ ९ मा हुँदै

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : ३ असार २०७६, मंगलवार १४:२८

एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले अषाढ ९ गते नेपालगन्जमा ‘हिट द बिट’ पुल पार्टी गर्ने भएको छ । नेपालगन्जमा आज एक्स जेनेरेसनले पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा बताएको हो ।

उक्त पुल पार्टी नेपालगंजका लागी यो बर्षको पहिलो पुल पार्टी हुने एक्स जेनेरेसनले पत्रकार सम्मेलनमा बताएको छ । बिश्वव्यापी ‘DJ 100 DJANE 2018’ मा पर्ने सफल विश्व प्रसिद्ध महिला डिजे ‘डिजे लिनेटा’ को प्रमुख आकर्षण पुल पार्टिमा रहने आयोजकले जनाएको छ ।

साथै पुल पार्टिमा डिजे लिनेटा संगै नेपाल की ख्याती प्राप्त डिजे अर्पणा, डिजे बिधानको डिजे बिट्सका साथै युवा पिडीको रोजाईमा रहेको हिप हप संगितमा नाम चलेका गायक ‘सरकार ‘ , ‘टिक्रस’ र ‘दंगाली बोवाई’को संगितिक प्रस्तुती रहने छ ।

आयोजकका अनुसार कार्यक्रमको संचालन मोस्ट पपुलर मोडल RJ/VJ पुजन थापा ले गर्ने छिन् । यो पुल पार्टीले नेपालगंजबासी लाई यो प्रचण्ड गर्मीमा थेरौ भए पनि राहतका साथ अन्तराष्ट्रिय स्तरको इभेन्टको मनोरञ्जन दिने बिश्वस्त रहेको एक्स जेनेरेशनका प्रिसिडेन्ट संयोग जंग शाहले बताएका छन् ।

शाहले यो बर्ष यस्तो अन्तराष्ट्रिय लेडी डिजे सहितको दुई वटा पुल पार्टी हुने र चाडै नै एक्स जेनेरेशनले आफ्नो बार्षिक इभेन्ट “मिस नेपालगंज” र “लिटिल मिस भेरी ” पनि सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए ।

“बिट द हिट” पुल पार्टी को हस्पिटालिट पार्टनर समेत रहेको स्नेहा कालर्श इन स्विट्सका अपरेश मेनेजर कपिल गान्जोका अनुसार यो पार्टी लाई लक्ष्यित लाइभ “बार बिक्यु” गर्नुका साथै अन्य स्वादिष्ट परिकारको परिकल्पना होटल ले गरेको बताए ।

साथै पत्रकार सम्मेलनमा बोल्दै एक्स जेनेरेसनका भाइस प्रिसिडेन्ट एकिकरण शाहले पुल पार्टिमा सम्पूर्ण नेपालगन्जबासिले रमाइलो गर्ने बिश्वास व्यक्त गरेका छन् । पार्टी स्नेहा कालर्श इन स्विट्समा दिउसो २बजे देखी शुरू हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित