गाई हत्याको विषयमा ठकुरी सहयोग संजाल कर्णाली प्रदेशको आपत्ति

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १५ भाद्र २०७६, आईतवार ०७:०९

नेपालगन्ज -बिहीवार सुर्खेत जिल्ला बिरेन्द्रनगर नगरपालिका अन्तरगत कट्कुवाको बनजंगल क्षेत्रमा दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको समाचार प्रती ठकुरी सहयोग संजाल कर्णाली प्रदेशले घोर भत्सर्ना गर्दै घटनाको निस्पक्ष रुपमा छानबिन गरि दोषीमाथी कडा कार्वाहीको माग गरेको छ ।

ठकुरी सहयोग संजाल कर्णाली प्रदेशका प्रमुख देब बहादुर शाह र प्रदेश संयोजक प्रकाश बाबू चन्द द्वारा जारी बिज्ञाप्तिमा घटनाको छानबिन गरि कर्वाहीको माग गरिएको छ । बिहिवारको घटना रास्ट्रीय जनावर र हिन्दु धर्मावलम्बीको मनमा चोट पुर्याएको बताइएको छ र यसलाई साधारण रुपमा लिनु ठूलो गल्ती हुने समेत बताइएको छ ।

ठकुरी सहयोग संजालले बिज्ञप्तिमा भनेको छ , यो घटनालाई लिएर ठकुरी सहयोग संजालको ध्यानाकर्षण भएको छ र नेपालको संविधानले संरक्षण गरेको गाइको हत्या गरिनु जघन्य अपराध हो र यस्ता घटना घट्नु अत्यन्त निन्दनीय एवं दुखदायी बिसय रहेको र गौहत्या प्रती नेपाल तरुण दल नगर कार्य समिती नेपालगन्ज गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्सर्ना गर्दछ , बिज्ञप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित