ठकुरी सहयोग सञ्जालले वडा अध्यक्ष सुनिल सिंह हमाल को मातृशोक प्रति सम्वेदना व्यक्त

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार ११:२४

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस बाँके क्षेत्र नं २ का सचिव सुनिल सिंह हमाल र नेपाली कांग्रेस वडा नं.२ नेपालगन्जका सभापति प्रनिल सिंह हमालको ममतामयी आमा रेणु सिंह हमालको ७७ वर्षको उमेरमा हिजो
असमायिक निधन प्रती ठकुरी सहयोग संजाल प्रदेश पाँच र कर्णाली प्रदेशले दु:ख व्यक्त गर्दै सम्वेदना प्रकट गरेको छ ।

ठकुरी सहयोग संजाल प्रदेश पाँचका संयोजक संयोग जंग शाह र कर्णाली प्रदेशका प्रमुख देब बहादुर शाहीले संयुक्त रुपमा विज्ञप्ति निकाली सम्वेदना प्रकट गरेका थिए ।

जारी विज्ञप्तिमा भनिएको छ , उक्त खबरले मर्माहत बनाएको छ , यो दुखद घडिमा शोकाकुल परिवारमा सम्बेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै र धौर्यधारण का निम्ति शक्ति प्रदान गरुन ।

ठकुरी सहयोग संजाल प्रदेश पाँच तथा कर्णाली प्रदेशले जातिय पहिचान संगै विभिन्न सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित