कोइराला माथी भएको आक्रमणको तरुण दल खजुरा द्वारा घोर भत्सर्ना

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १८:०८

बाँकेको खजुरा गाउँपालिकामा नेकपाका स्थानीय नेता कार्यकर्ताले काँग्रेस जिल्ला सभापति किरण कोइराला लगायतका नेताहरूमाथि भएको आक्रमणको विषयलाई लिएर नेपाल तरुण दल खजुरा गाउँ पालिकाले निन्दा गरेको छ ।

नेपाल तरुण दल खजुरा गाउँपालिकाका का.बा. अध्यक्ष उत्सब सिजालि मगरले एनआरएन संग कुरा गर्दै सो कुरा बताउनुभयो ।

‘खजुरा गाउॅपालिका वडा नम्बर २ सितापुरमा नेपाली कांग्रेस पार्टीको दोस्रो चरणको जनजागरण कार्यक्रम चलिरहेको अवस्थामा दुई तिहाइ कम्युनिस्टको दम्भ देखाउदै अराजक भिड प्रवेश गरी अन्दाधुन्द आक्रमण गरि नेपाली कांग्रेस बाँकेकी पार्टी सभापती किरण कोइराला ज्युको हात भाचीएको र केन्द्रिय प्रतिनिधी बिध्याप्रसाद खनाल दाजु लगायत कार्यकर्ता घाइते भएको हुदा राज्य सत्ताको आडमा गुण्डागर्दी शैलीमा भएको यो आक्रमणको घोर भर्त्सना गर्दै यथासिघ्र ती कार्बाहिको लागि जोरदार माग गर्दछु ।’ का.बा. अध्यक्ष उत्सब सिजालि मगरले बताएका छन् ।

खजुराको सितापुरस्थित नेपाल रेडक्रस सोसाईटीको सभाहलमा हिमाल, पहाड तराई, मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तगर्त दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला नेकपाका नेता तथा कार्यकर्ताले सभापति कोइराला लगायतका काँग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट सभापति कोइरालाको हात भाँचिएको हो ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित