‘कमरेड दम भए आउनु होस् , फेरि एक पटक जनमत संग्रह गरेर हेरौ’- शाह

एनआरएनपोस्ट संवाददाता
प्रकाशित मिति : २९ भाद्र २०७६, आईतवार ०५:१३

संयोग जंग शाह
हिजो कैलाली टिकापुरको डल्फिन महोत्सवको उद्घाटन गरेर नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरे ।

बुध्द एयरको साझँको नियमित उडान १ घण्टा ढिलो भयो र जसले गर्दा सबै यात्रीमा असर पुग्यो । केही निडर र स्वाभिमान नेपालीले मन्त्रीको भिभिआईपी संस्कारको विरोध संगै आवाज उठाए र सम्मानका साथ सुझाव र सचेत समेत गराए । त्यस पश्चात उनले आफ्नो आधिकारिक धारणा फेसबुक पोष्ट मार्फत दिएका छन् । र मन्त्रीको त्यहीँ धारणा हेरिसके पछी म स्वयं लाई केही बोल्न बाध्य बनाएको छ ।

हालैसालै जापानमा एक मन्त्री संसदमा ३ मिनेट ढिला आउँदा लज्जाबोध भएर मन्त्री पद बाट राजिनामा दिएका घटना बिश्वमाझ सम्झन लायक बन्यो भने हाम्रा युवा तथा आशा गरिएका मन्त्री योगेश भट्टराईको कुरा सुन्दा यस्तो लाग्छ कि उहाँ ढिला आउनु हुन्छ र गाली गर्नु पर्छ भनेर पहिले नै राजाबादीहरु जहाजको टिकट काटेर बसेका थिए । र अर्को महत्त्वपूर्ण कुरा जहाज चढ्ने अधिकांश राजाबादी नै थिए ।

गुठी बिध्येक बिरुद्द उत्रिएका सबै राजाबादी थिए ।
रवी लामीछानेको समर्थनमा उत्रिएका सबै राजाबादी थिए । गोबिन्द केसीका पक्षमा उभिएका सबै राजाबादी थिए । वाईड बडी र एनसेल काण्डका बिरुद्द बोल्ने सबै राजाबादी हुन । र अझ सम्म न्याय प्राप्त गर्न नसकेको निर्मला पन्तका न्यायका लागि बोल्ने सबै राजाबादी हुन ।

मन्त्री उढ्दा घण्टौ जहाज रोक्नु पर्ने ? प्रधानमन्त्री राष्ट्रपती गूड्दा घण्टौ बाटो छेक्नु पर्ने , उढ्दा घण्टौ बिमानस्थल बन्द गर्नु पर्ने ? कमरेड के नेपाली जनता ले श्री ५ फालेको हो कि सयौ श्री ६ जन्माएको हो ? यो मेरो मात्रै प्रश्न होईन , मेरो मात्रै जिज्ञासा् होइन , यो त हामी सबै आम नेपालीको प्रश्न हो । किनकी हरेक दिन कहिँ कतै हामिले यस्ता भिभिआईपी संस्कारबाट हाम्रो दैनिकिमा असर पुगेको छ ।

साथै, कमरेड हेक्का रहोस नेपाली जनताको आवाज लाई कमजोर नठान्नु होस , अहिले को परिवेश झै प्रधानमन्त्री देखि सबै “राणा शासन” हुदा राणाका विरुद्ध आवाज उनिहरुको के हबिगत भए को थियो । त्यसैले अहंकार छोड्नुहोस् ।

कमरेड दम भए अाउनु होस फेरि एक पटक जनमत संग्रह गरेर हेरौ । तिमी हरु व्यक्ति-व्यक्ति को लडाई मा , तिमी हरु जस्ता सिनो खाने स्यालले सिंहको नाम बदनाम नगर । राजसंस्था तिम्रो बाऊ को पेवा हैन । चेतना भया । नेपाली जनता लाई भ्रम मा पारी झुटो राजनिती खेति बन्द गर्नुहोस् , नत्र जनता जागे के हुन्छ त्यो तपाई लाई अबगत नै छ ।
तपाई र तपाईको सहयात्री मा लाई समयमै सतबुद्धी पलावस । श्री पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन । जय देश , जय नरेश ।
( लेखक संयोग जंग शाह शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ )

फेसबुक प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित