देश

ठकुरीको कार्यवाहक अध्यक्षमा अजय मल्ल ठकुरी ।

विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सिराह मुक्सरका अजय मल्ल ठकुरीले पाएका छन । अध्यक्ष रेशम जङ्ग शाह पारिवारिक भेटघाट र ब्यक्तिगत कामको शिलशिलामा गत आइतबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु अघि सस्थाका सदस्यहरूको सामुहिक निर्णय गराउदै मल्ललाई कार्यवाहक सुम्पेका थिए । कार्यवाहक मल्ल गत…

१५ मिटर कपडा पनि कम पर्यो बसन्तपुरमा ठकुरी सहयोग सन्जाललाई नारीको अस्मिता बचाउन

काठमाडाैं । ठकुरी सहयोग सन्जालले आज बसन्तपुरमा बलात्कारको बिरुद्ध हस्ताक्षर संकलन कार्यक्रम गरेको छ। उक्त कार्यक्रमलाई सहयोग तथा सहमति जनाउन युवाहरुको भीड लागेको थियो । वर्षातको मौसम, पानी परिरहेको बेला पनि युवा , बृद्ध ,महिला, बुद्धिजिबि बर्ग सबैले कार्यक्रमको सफलताको कामना गर्दै हस्ताक्षर गरेका थिए । उपाध्यक्ष ई.अभिषेक ठकुरीको नेतृत्वमा…

रोकियो खुला चरिचरन

पर्वत, १८ भदौ – केही वर्षअघिसम्म उत्तरी पर्वतका अधिकांश कृषकले गाईबस्तु चराउन जङ्गलमा छाड्ने गर्थे । जङ्गलमा छाडेका गाईवस्तु खेतबारीमा पसेर बालीनाली सखापै पारिदिने समस्या दुई वर्षदेखि अन्त्य भएको छ । कारवाहीस्वरुप गाईभँैसीलाई काञ्जी हाउसमा थुन्न थालेपछि गाईवस्तुलाई छाडा छाड्ने क्रम रोकिँदै गएको छ । पर्वतको मोदी गाउँपालिका–४ क्याङस्थित लेस्पारमा…

दुग्ध चिस्यान केन्द्र स्थापना

जाजरकोट, १९ भदौ – जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । जिल्लामा भएको दूध सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक चिस्यान केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि…

अधिकांश पसल मापदण्ड विपरीत

भक्तपुर, १९ भदौ – भक्तपुर नगरपालिकाले पटक पटक अनुगमन गरेर सचेत गर्दा पनि यहाँका मासु पसल फोहर र अव्यवस्थित पाइएको छ । आज भक्तपुर नगरपालिकाले नौवटा मासु पसलमा गरेको अनुगमनका क्रममा मासु पसल फोहर, अव्यवस्थित र मापदण्ड विपरीत पाइएको हो । नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायकमा…

सवारीसाधन पार्किङ शुल्क नलिइने

नेपालगञ्ज १९ भदौ – सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ । नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो । हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई…

पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता

सल्यान, १८ भदौ – अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् । पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी,…

आगलागीबाट दुई करोड बराबरको क्षति

इलाम, १८ भदौ – इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन वटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो…

सुनकोशीमा दुई भारतीय बेपत्ता

चौतारा, १८ भदौ – सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी…

पाँच स्थानीय तह विद्युत्विहीन

बैतडी, १८ भदौ – जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन् । जिल्लामा रहेका १० स्थानीयतहमध्ये आधा स्थानीय तह विद्युतविहीन छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँ पाँच वटा स्थानीय तहका सदरमुकाम अझै विद्युत्को पहुँचमा पुग्न सकेका छैनन् ।…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित