देश

दुधौली खोलाको पुल भासियो

सिन्धुली, १७ भदौ – सिन्धुलीको दुधौली नगरपालिकास्थित दुधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दुधौली सडक खण्डअन्तर्गत दुधौली नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने दुधौली खोलाको…

सर्पदंशका बिरामीको सङ्ख्या बढदै

इनरुवा, १७ भदौ – जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिनुभयो । अस्पतालमा स्नेक बाइट पोजेटिभ १६ जनाको सङ्ख्यामा आएकामा १४ को सफल उपचार भएको र दुईको…

जलेश्वर–बर्दिबास सडक सञ्चालनमा

गौशाला, १७ भदौ -जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ । आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो । स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आएको हो । शनिबार प्रदेश नं २ का सामाजिक विकास…

कलाकार धामीको निधन

सुर्खेत, १५ भदौ – कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ । तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो । जुम्लाबाट बाजुराको बडिमालिकाको तीर्थ दर्शनमा हिँड्नु भएका उहाँ फर्कंदा मुगु र जुम्लाको सिमानाको कालाकाँडा लेकमा…

खानेपानी सुविधाले घटायो सामाजिक द्वन्द्व

म्याग्दी, १५ भदौ – जलजला गाउँपालिकाको मल्लाजमा खानेपानी आयोजना निर्माण भएपछि सामाजिक द्वन्द्व न्यूनीकरण भएको छ । पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत घर÷घरमा निजी धारामार्फत खानेपानी वितरण हुन थालेपछि समाजमा पानी उपभोगका विषयमा हुने विवाद र झगडाको समस्या हटेको हो । घरघरमा चौबिसैघण्टा शुद्ध खानेपानी आपूर्ति भएपछि सरसफाइ, स्थानीयवासीको दैनिकी…

अब नेपालीको नाममा सबै भन्दा निरन्तर बोल्ने किर्तिमान

काठमाडौँ, १५ भदौ – नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्नुभकोे छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गर्नुभएकोे हो । केसीले भारत केरेलाका केपी भाल साराजानले…

बिम्स्टेकको रिट्रिट प्रारम्भ

काठमाडौँ, १५ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष÷सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) प्रारम्भ भएको छ । सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख तथा उहाँहरूका जीवनसाथी पनि…

विद्युत् चोरी गरेको आरोपमा २८ पक्राउ

गौशाला, १५ भदौ – विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ…

अझै फर्किएनन् मिठार्इ लिएर अाउँछु भनेका बाबा

सल्यान, १५ भदौ –कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ । आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ ल्याइदिन्छु छोरी भनेर सदरमुकाम हिँड्नु भएका बेदबहादुर बोहरा अहिलेसम्म फर्केर आउनुभएन । बुबाको त्यही बोली उनका लागि अन्तिम बन्यो…

प्रदेश नं ७ मा अाजबाट सुरू भयो गौरा पर्व

कञ्चनपुर, १५ भदौ – प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित