देश

बिम्स्टेक शिखर सम्मेलन शुरु

काठमाडौँ, १४ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो ।…

जाजरकोटमा पहिरोको जोखिम

जाजरकोट, १४ भदौ – जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट भएको छ । गत साउन ४ गते पहिरोले जुनीचाँदे गाउँपालिका–६ का भक्तबहादुर बुढाको घर पुरिँदा उनकी श्रीमती लली र ९ वर्षीया छोरी सिर्जनाको मृत्यु भयो ।…

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन, १४ भदौ – चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद (ख) नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए…

नेपाल युएइसँग पराजित

काठमाडौँ, १४ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा…

चिकित्सा शिक्षा अयोगको प्रावधान सच्याउन सुझाव

काठमाडौँ, १४ भदौ – नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा अयोगको प्रावधानलाई सच्याउन सुझाव दिएको छ । आयोग कार्यक्षेत्रका विभिन्न १७ वटा काउन्सिललाई यसले व्यवस्थित गर्न नसक्ने र राजनीतिकरण हुने आशंका गर्दै सङ्घले चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन आयोगको विकल्प खोज्न आग्रह समेत गरेको छ ।…

छालाजन्य रोगका बिरामी बढ्दै

कञ्चनपुर, १३ भदौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढी बिरामीमा छालाको समस्या देखापरेको हो । नगरपालिका क्षेत्रभित्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र बन्साहा शहरी स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि…

सामान्य बन्दै भीमदत्तनगर

भीमदत्तनगर, १३ भदौ – १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए । सोही क्रममा…

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

काठमाडौँ, १३ भदौ – राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परर्शुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा…

जुम्ला प्रतिष्ठान विद्युत्भार कटौतीमुक्त

सुर्खेत, १३ भदौ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मङ्गलबारदेखि विद्युत्भार कटौतीमुक्त भएको छ । दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४सै घण्टा बिजुली बल्ने भएको छ । गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका…

नेपाललार्इ प्याराग्लाइडिङमा पदकको सम्भावना

काठमाडौँ, १३ भदौ – इण्डोनेसियामा जारी १८आँै एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ । मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने…

© सर्वाधिकार प्रस्तावित ठकुरी क्रिएसन प्रालिमा सुरक्षित