काठमाडौं (एजेन्सी) । चीनले पाकिस्तानलाई अत्याधुनिक युद्धपोत प्रदान गरेको छ । यो अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत रहेको बताइएको छ ।
यसलाई चीन र पाकिस्तानको गहिरिँदो सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ । चिनियाँ सरकारी मिडियाले पनि यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठुलो उपलब्ध भएको बताएका छन् ।
सोमबार हस्तान्तरण गरिएको उक्त युद्धपोत चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेड (सीएसएससी)ले निर्माण गरेको हो । कम्पनीले यस युद्धपोतलाई चीनको शंघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ ।
पाकिस्तानी नौसेनाले चीनको सरकारी अखबार ग्लोबल टाइम्सलाई बताए अनुसार टाइप ०५४ए/पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको बताएको छ । यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ । यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।
नेटोले भने चीनको यो टाइप ०५४ए/पी युद्धपोतलाई जियांकाई–२ कोड नामबाट पहिचान गर्दछ । यसलाई चीनको हुडोङ–जोंघुआ शिपयार्डमा निर्माण गरिन्छ । यो अत्याधुनिक हतियार र सेन्सरको मिलन हो । यसलाई पहिलोपटक सन् २००८ मा चीनको नौसेनामा सामेल गरिएको थियो ।
बुधबार, कार्तिक २४, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत