काठमाडौं । रोहित कुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा क्रिकेटमा नेपालका तर्फबाट सर्वाधिक रन बनाएका छन् ।
शुक्रबार पिएनजीविरूद्ध जारी खेलमा ३८ रन जोड्दै पौडेल ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् । उनले १६औं ओडीआईमा यो उपलब्धि हासिल गरेका हुन् । ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनको औषत ३५.५३ छ । उनको एकै ओडीआईमा उच्च रन ८६ हो ।
यो उपलिब्धसँगै रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको सर्वाधिक रनको कीर्तिमान तोडेका छन् । ज्ञानेन्द्रले १९ खेलबाट ४८० रन बनाएका थिए । तर त्यो कीर्तिमानलाई रोहितले १६ खेलमा नै तोडेका हुन् । यस्तै १० ओडीआई मात्र खेलेका पारस खड्काले ३१५ रन बनाउँदै तेस्रो सर्वाधिक रन बनाएका छन् ।
शुक्रबार, चैत ११, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत