काठमाडौं । त्रिकोणत्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्र्तगत बिहिबार भएको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएको छ ।
नेपालले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर चार बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो । बलिङतर्फ नेपालका लागी करण केसीले ह्याट्रिकका साथ ५ विकेट लिए । करणले तीन ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् ।
यस्तै सोमपाल कामी र अविनाश बोहराले दुई÷दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै रोहित पौडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन, कुशल भुर्तेलले १७ बनाए ।
बलिङतर्फ पीएनजीका कबुआ मोरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नोरमन भानुआ र नोसइना पोकनाले एक÷एक विकेट लिए ।
योसँगै, नेपाले लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ । यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो । अब नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
बिहिबार, चैत १७, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत