राष्ट्रपतिले चालेको कदम संविधान विरुद्धको अक्षम्य अपराध हो : नेपाल तरुण दल
नेपाल तरुण दलले राष्ट्रपतिको संसद विघटनको कदम प्रति चर्को बिरोध जनाउदै सडक संघर्षको लागि आव्हान गरेको छ ।
नेपाल तरुण दल केन्द्रिय समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रपतिले सिंगो नेपाली जनता माथि र व्यवस्था माथि नै घात गरेको बताएको छ ।
प्रेस विज्ञप्तीमा लेखिएको छ ; यो व्यवस्था र लोकतन्त्रको धज्जी उडाउने काममा संलग्न नायकहरु जनताको सामु घुँडा टेक्ने दिन अब टाढा छैन ।
यस्तै राष्ट्रपतिको यो कदम विरुद्ध एकजुट भएर संघर्ष गर्न सबै तरुणहरु र लोकतन्त्रप्रेमीहरुलाई तरुण दलले अनुरोध गरेको छ ।
यस्तो छ प्रेस विज्ञप्ती :