काठमाडौं। गत २४ घण्टामा देशभर थप १,१५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी उक्त जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ र मृत्यु हुनेको संख्या ८ रहेको छ । हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ ।
बुधबार, असोज १३, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत