काठमाडौं । के तपाईँ यूएई यात्रा गर्ने योजनामा हुनुहुन्छ । यदि त्यसो हो भने बसोबासको भिसा भएकाहरूले अब यूएईको सम्बन्धित निकायबाट यात्रा गर्नुअघि लिन पर्ने पूर्व अनुमति लिन नपर्ने भएको छ ।
तर बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काबाट यूएई यात्रा गर्ने यात्रुले भने पूर्व अनुमति लिन पर्ने हुन्छ । यसका अलावा भर्खरै बसोबासको वा कामदार भिसा जारी भएका, छोटो समय र लामो समयका लागि भिसा जारी भएका, १० वर्षको गोल्डेन भिसा भएका, लगानीकर्ता र पार्टनर भिसा भएकाहरू, भिजिट भिसामा जानेहरू र अन अराइभल भिसा लिनेहरूले पूर्व अनुमति लिन पर्ने छैन ।
तर यूएई यात्रा गर्ने सबैको साथमा क्युआरकोडसहितको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट हुनपर्छ । अझै पनि नेपालसहित विभिन्न देशबाट यात्रा गर्ने यात्रुहरूले यात्रा गर्नुभन्दा अघि विमानस्थलमै पीसीआर ¥यापिड टेस्ट गर्नु पर्छ र त्यसको रिजल्ट नेगेटिभ हुन आवश्यक छ ।
भारतसहित विभिन्न देशबाट यात्रा गर्ने यात्रुको हकमा भने विमानस्थलमा ¥यापीड पीसीआर गर्नु पर्ने नियम यूएईले हटाएको छ । यूएईले हरियो सूचीमा राखेका देशबाट यात्रा गर्ने यात्रुले यूएई पुगेपछि निःशुल्क अन अराइभल कोरोना परीक्षण गर्न पाउनेछन् ।
खोपको मात्रा दुवै लगाएको भएमा यूएई पुगेको ६ दिनमा पुनः कोरोना परीक्षण गर्न पर्छ । तर पूरा मात्रा खोप लगाएको छैन भने ४ दिन, ८ दिन र ९ दिनमा पनि कोरोना परीक्षण गर्नपर्छ । खोपको मात्र पूरा नभएका यात्रीले १० दिनसम्म क्वारेण्टीनमा बस्नपर्छ । यूएईको आबुधाबीको सार्वजनिक स्थानमा प्रवेश गर्नका लागि खोपको पुरा मात्र लगाएको हुन आवश्यक छ ।
मङ्गलबार, फाल्गुण ३, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत