काठमाडौं। पार्टीको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नेपाली कांग्रेस अछाम क्षेत्र नं १ का पूर्व सभापतिसमेत रहेका लक्ष्मण खड्काले अमेरिकाबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ ।
उनले पत्रमा भनेका छन्, प्रधानमन्त्रीज्यू तपाईंले चालेका हरेक आन्दोलनविरुद्ध उभिएका ब्यक्ति आज तपाईंका विश्वासपात्र भएको देख्दा अचम्म लागेको छ । देउवालाई १३ औं महाधिवेशनमा पार्टी सभापतिमा निर्वाचित गराएको स्मरण गराउँदै खड्काको पत्रमा भनिएको छ, जुन ब्यक्ति काँग्रेसको विधानको ठाडो उल्लंघन गर्दै पार्टीका हरेक क्रियाकलापको विरोध गर्दै हिँड्छ, आज उही तपाईंको विश्वासपात्र हुनुले पार्टी र तपाईंलाई नोक्सान हुने कुरा दुईमत छैन ।
देउवा आफ्नै विरुद्धमा लागेकालाई काखी च्यापेर हिँडेको देख्दा परिवर्तनका लागि होमिएका सयौं कार्यकर्ताको त्याग र बलिदानमा कुठाराघात महसुस भएका, बलिदान खेर जाँदै गरेको खड्काले उल्लेख गरेका छन् । उनले अमेरिकाको पासपोर्ट लुकाएर नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको पनि विरोध गरेका छन् ।
१४ औ महाधिवेशनको सफलताको शुभकामना दिँदै खड्काले देउवालाई विभिन्न प्रश्न तेर्स्याएका छन्, के अब यही बिहारी पाराको राजनीतिले प्रश्रय पाउँछ ? के नेतृत्व प्राप्त गर्न यही बाटो अबलम्वन गर्ने ? के चाकरीबाद मौलाएको हो ? के काँग्रेसमा स्वाभिमान र वीपीको चिन्तनमा स्खलन आएको हो ? के अब हाम्रो र राम्रो कांग्रेसको नारा नारैमा सीमित भयो ? के आर्थिक अपचलन गर्ने दलाली प्रवृत्ति मौलाएको हो ? के तपाईंको जुत्ता पोलिस गरेको भरमा आमन्त्रित केन्द्रीय सदस्य प्राप्त हुन्छ ? उनले यस्ता तमाम अनुत्तरित प्रश्नको उत्तरको अपेक्षा गर्दै पत्र लेखेको उल्लेख गरेका छन् ।
बिहिबार, मङ्सिर २३, २o७८
आजको प्रश्न ?
अफगानिस्तानमा फसेका नेपालीको लागि सरकारी पहल प्रति तपाई मत