चिकित्सा शिक्षा अभियानकर्मी डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
सरकारी वार्ता टोलीसँग सोमबार साझँं ७ बुँदे सहमति भएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् ।
चिकित्सा शिक्षा र स्वास्थ क्षेत्र सुधारको माग गर्दै डा. केसीले विगत ५ दिनदेखि धनगढीमा अनशन बसिरहेका थिए ।
७ बुँदे सहमतिपत्रमा डा. केसी र सरकारको तर्फबाट शिक्षा सचिव चुडामणि पौडेल, स्वास्थ सचीव डा. विकास देवकोटा र शिक्षा मन्त्रालयका सह-सचिव चन्द्रकान्त भुषालले हस्ताक्षर गरेका छन् ।
यस्तो छ डा. केसी र सरकारी वार्ता टोलीबीच भएको ७ बुँदे सहमति पत्र

