काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडीको बस स्टपमा एक बसमा आगलागी भएको छ ।
उपत्यका ट्राफिक प्रहरीका कार्यालयका अनुसार बा ५ ख ४२७४ नरम्बरको ऋद्धिसिद्धी यातायातको बसमा आगलागी भएको भएको हो । आगलागीबाट २५ वर्षीय चालक दावा लामा घाइते भएका छन् ।
घाइते लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । अन्य क्षतीको भने विवरण एकिन भैसकेको छैन् ।
गाडीमा आगो लाग्ुनको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।