राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले अनुभुती गर्ने ढंगबाट संविधान कार्यान्वयनको संकल्प जरुरी रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकार तथा दलहरुलाई संविधानलाई भाषामा नभएर नागरिकको जिवनमा उतार्ने संकल्प आवश्यक रहेको बताए ।
जनउत्तरदायी, पारदर्शी र नागरिक सर्वोच्चता स्थापित गर्ने सरकारबाट मात्रै यो विषय सम्भव रहेको राष्ट्रपति पौडेलको भनाई रहेको छ ।
उनले भने, "संविधान जारी भएको ११ वर्ष भैसक्यो । अब संविधानलाई भाषामा होइन नागरिकको जीवनमा उतार्ने संकल्प गरौं । संविधानले कबुल गरेका विषयहरु नागरिकले अनुभूत गर्ने ढंगबाट कार्यान्वयन गरौं।"
लोकतन्त्रलाई बलियो बनाउन संविधानको कार्यान्वयन आवश्यक भएको उनले बताए ।