बंगलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
कर्णाली याक्सले शुक्रबार सामाजिक सञ्जालमार्फत अकबरलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
२४ वर्षीय अकबर सन् २०२० मा बंगलादेशले पहिलोपटक जितेको आइसिसी यु–१९ विश्वकप विजेता टोलीका कप्तान हुन् ।
दक्षिण अफ्रिकामा भएको उक्त प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो ।
फाइनलमा अकबरले अविजित ४३ रन बनाएका थिए । उनको उक्त प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।