Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते

अत्यधिक रक्तस्रावपछि सुत्केरीको हेलिकप्टरबाट उद्दार

आइतवार , श्रावण १७, २०८३

अत्यधिक रक्तस्राव भई ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

संखुवासभाको खाँदाबारी- १ बस्ने ३३ वर्षीया प्रभा ढुंगानालाई खाँदाबारीमा भर्ना गरिएकोमा अचानक अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए ।

ढुंगानालाई सुत्केरी बेथा लागेपछि आइतबार बिहान सवा १० बजे जिल्ला अस्पतालमा प्रेसन गरि प्रसूति गराइएको थियो ।

अप्रेसनपछी अत्यधिक रक्तस्राव भइ ज्यान जोखिममा परेपछि दिउँसो ४ बजे राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट थापाथली प्रसूति गृह पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार