Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

दोस्रो पुस्ताका एनआरएनलाई स्वदेश फर्काउन दीपमालाले गरिन् शिक्षा मन्त्रीसँग छलफल

बुधवार , श्रावण २०, २०८३

मिस नेपाल दीपमाला ढकालले शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलसँग भेट गरेकी छन् ।

ढकालले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री पोखरेलसँग भेट गरेकी हुन् । भेटमा गैर आवसीय नेपाली समुदायको दोस्रो पुस्तालाई कसरी मुलुक फर्किन प्रोत्साहन गर्ने र समृद्ध अर्थतन्त्र निर्माण गर्ने विषयमा छलफल भएको जनाइएको छ । 

सो छलफलमा मन्त्री पोखरेलले दोस्रो पुस्ताका एनआरएनलाई स्वदेश फर्काउन सघाउत तयार रहेको बताएका थिए । 

दीपमालाले गत साता मिस नेपाल २०२६ को उपाधि जितेकी हुन् । उनी गैरआवासीय नेपाली संघको वर्तमान कार्य समितिमा दोस्रो पुस्ता संयोजक पदमा कार्यरत छन् । 

सम्बन्धित समाचार