प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सेनाध्यक्ष सेठसहितको टोली मंगलबार जङ्गी अड्डामा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेको हो ।
भेटवार्ताका क्रममा दुई देशबीचको आपसी हित, पारसपारिक सम्बन्ध, सद्भाव र सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष सेट चार दिने नेपालको औपचारिक भ्रमणका लागि हिजो काठमाडौं आएका हुन् ।