Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

अवैध लागु औषध खैरो हिरोइनसहित एक जना पक्राउ

मंगलवार , भाद्र २, २०८३

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-१२ घर भएका २५ वर्षीय हृदय वलामी रहेका छन् ।

प्रहरीका अनुसार उनलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित पक्राउ गरिएको हो ।

प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार