भोटेकोशी बाढी प्रभावितका लागि अमेरिकाले पठायो थप राहत सामग्री
रसुवाको भोटेकोशीमा गएको बाढी पीडितको राहत, उद्धार र पुन: निर्माणका लागि अमेरिकाले नेपालमा थप राहत सामग्री पठाएको छ ।
अमेरिकी सेनाका दुई वटा मालवाहक विमान मार्फत थप राहत सामग्री बुधबार नेपाल आइपुगेको हो ।
अमेरिकाले ५ हजार थान विपद विशेष सामग्री, ५०० वटा प्रथमिक उपचार कीट, स्टेचर तथा फ्रन्ट एण्ड लोडर नेपाल पठाएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यिसामग्री विपदका कारण मृत्यु भएकाहरूको खोज तथा व्यवस्थापन सहित उद्धार र पुनः स्थापनाका काममा प्रयोग गरिनेछ ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएको उक्त सहयोग अघि अमेरिकाले बाढी प्रतिकार्यका लागि घोषणा गरेको ३६ लाख अमेरिकी डलर बराबरको सहयोगका अतिरिक्त हो ।