Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

रसुवा बाढी अपडेट : १२ सय बढी शव फेला, ४ हजार २१६ जना अझै बेपत्ता

बुधवार , भाद्र १७, २०८३

रसुवाको भोटेकोशीमा गएको बाढीमा बेपत्ता भएका मध्ये १ हजार २०४ जनाको शव फेला परेको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

रसुवामा ११५, धादिङमा ६०, नुवाकोटमा १५५, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ शव फेला परेका हुन् ।

प्राधिकरणका अनुसार ४ हजार २१६ जना सम्पर्क विहिन रहेका छन् भने २७३ विदेशी सहित हाल्सम्म ११ हजार ९९३ जनालाई उद्दार गरिएको छ ।

३०१ घाइतेमध्ये १५५ जना डिस्चार्ज भैसकेका छन् । बाढी प्रवाहितहरुलाई राहत तथा उद्दार कार्यका लागि २१ हजार ३१४ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।

FB_IMG_1788358141338.jpg

सम्बन्धित समाचार