Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

स्रोत नखुलेको पाँच लाख सहित भारतीय नागरिक पक्राउ

बिहिवार , भाद्र १८, २०८३

स्रोत नखुलेको पाँच लाख रुपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारतको पञ्जाब पटियाला बस्ने १८ वर्षीय अर्मिन्द्र सिंह रहेका छन् । उनलाई आज दिउँसो कैलालीको धनगढी उपमहानगरपालिका– ४ स्थित घरेलु चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

शंकास्पद अवस्थामा पैदल हिडिरहेको बेला खानतलासी गर्दा उनको साथबाट भारतीय ५०० दरका नोट एक हजार थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

सिंहलाई बरामद रकमसहित अनुसन्धान तथा कारबाहीका लागि नेपाल राष्ट्र बैंक अन्तर्गत कसुरमा जिल्ला अदालत कैलालीबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार