संखुवासभामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मादी नगरपालिका– ४ पुरानो गाउँ बस्ने ४२ वर्षीय कुल बहादुर जिमि रहेका छन् । लाई भरूवा बन्दुक ३ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुकहरू फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।