Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते

किस्पाङ गाउँपालिकाका अध्यक्ष सिंहदरबारको गेटबाटै पक्राउ

सोमवार , भाद्र २९, २०८३

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

अध्यक्ष तामाङलाई प्रहरीले सिंहदरबारको गेटबाटै पक्राउ गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा सहभागी भएका गाउँपालिका अध्यक्ष तामाङलाई फर्किने क्रममा गेटबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार