नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।