Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते

१०० प्रभावशाली व्यक्ति

टाइम म्याग्जिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

सोमवार , कार्तिक २४, २०८३

टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनका लागि विश्वका १०० प्रभावशाली व्यक्तिको सूचिमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले परेका छन् ।

नेपालमा गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपछी अर्थमन्त्री वाग्लेले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको पैरवी, जलवायु वित्तका लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारलाई महत्त्वपूर्ण मान्दै टाइम म्याग्जिनले वाग्लेलाई सुचिमा समेटेको हो ।

उक्त सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरे, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयन लगाएत पनि समेटिएका छन् ।

सम्बन्धित समाचार