Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते

यू- १९ महिला क्रीकेट

नेपालले जित्यो यू- १९ महिला क्रीकेटको

आइतवार , कार्तिक २३, २०८३

यू- १९ महिला क्रीकेट टोलीले चीनमा सम्पन्न बेल्ट एण्ड रोड सिरिजको उपाधी जितेको छ ।

हङकङसँगको आइतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधी उचालेको हो ।

४ टोलिको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ खेल मध्ये ४ खेलमा जित हासिल गरेको थियो भने बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

नेपालले सिरिजको पहिलो खेलमै थाइल्यान्डलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । त्यसपछी चिनसँगको दोस्रो खेल वर्षाका कारण प्रभावित भएपछि तेस्रो खेलमा हङकङसँग ९२ रनको जित तथा चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जित निकालेको थियो ।

पाँचौ खेलमा आयोजक चिनलाई ८४ रनले पराजित गर्दै उपाधियात्रा थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो ।

अन्तिम खेलमा पहिला ब्याटिङ गरेको नेपालले वर्षा हुनु अघि ११ ओभरमा २ विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल हुन सकेन ।

प्रतियोगितामा नेपाल, आयोजक चिन, हङकङ र थाइल्याणड गरि ४ टोली सहभागी थिए ।

सम्बन्धित समाचार