पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहला प्रचण्डले नेपाल प्रहरीका निवर्तमान आईजीपी दानबहादुर कार्कीमाथि अन्याय भएको बताएका छन् ।
शनिबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले कार्कीलाई आईजीपीबाट हटाएर अन्याय गरेको भन्दै कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरे ।
उनले भने, "आईजीपी प्रकरण सर्वोच्चमा पुग्या छ । आईजीपी माथी जुन अन्याय भएको छ, सर्वोच्चले जहाँ सम्म न्याय दिन्छ भन्ने मलाई विश्वास छ ।"
तिहारपछी सरकारका गतिविधि विरुद्ध गरिने आन्दोलनका बारेमा पत्रकारले गरेको प्रश्नमा प्रचण्डले अहिले पार्टीको जागरण अभियान चलिरहेको र त्यसपछि आवश्य निर्णय गरेर अगाडि बढ्ने जानकारी दिए ।
संविधानको रक्षा, शान्ती र स्थिरताको लागि एमालेसँग मात्र नभएर कांग्रेससहित सबैलाई एक ठाउँमा ल्याएर अगाडि बढ्ने भन्दै प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार झिलिमिलामा रमाएको टिप्पणी गरे ।